बाबुरामजी र म सँगै उभिने कुराकाे ठूलाे अर्थ र महत्त्व छ : प्रचण्ड

 साउन ३१, २०७९ मंगलबार १८:३९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको बताउनुभएको छ । आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका लागि समझदारी गरेलगत्तै उहाँले सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिनुभएको हो ।

चुनावपछि पार्टी एकता नै हुने गरी त्याे समिति छिट्टै बनाउने सहमति माधव नेपालसँग भएको अध्यक्ष दाहालको भनाइ थियो । उहाँले पार्टी एकतापछि हुने पार्टीको नाम नेकपा हुनेमा आफूहरूबीच सहमति भएको र त्यसमा समाजवादी वा यस्तै केही थपिने पनि बताउनुभयो । उहाँले आफू र बाबुराम भट्टराई एकै ठाउँ उभिने कुराको ठूलो अर्थ र महत्त्व रहेको पनि जिकिर गर्नुभयाे । 

अध्यक्ष दाहालले भन्नुभयो, ‘अहिले वामपन्थी आन्दोलनमा र कम्युनिस्ट आन्दोलनमा पनि बाबुरामजी र प्रचण्डसँगै उभिने कुराको ठूलो अर्थ र महत्त्व छ । हामी उभियौँ । अब कसैले रोकेर रोकिँदैन । यद्यपि आजै पार्टी एकता भएको होइन । चुनाव पछाडि हामी एउटै केन्द्र बनाउने भन्ने समझदारीमा गएका छौँ । अहिले चुनाव चिह्न, घोषणापत्र, उम्मेदवार सबै साझा हुने भएपछि हामी एक ठाउँमा उभियौँ । नेपालको राजनीतिमा, नेपालको यो परिवर्तनलाई संस्थागत गर्ने र विकास गर्ने कुरामा, देशलाई समृद्धिको दिशातिर लैजाने कुरामा पनि यसकाे निकै ठूलो महत्त्व छ भन्न चाहन्छु म । यतिमात्रै हाम्रो लक्ष्य होइन । हामी माधव नेपालजीहरूसित पनि पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौँ ।’

अध्यक्ष दाहालले बाबुराम भट्टराईहरू पनि सत्तारूढ गठबन्धनमै रहेकाले त्यसमा आबद्ध दलहरूसँगको सहमतिमै उनीहरूको पनि सिट सङ्ख्या निर्धारण हुने विश्वाससमेत व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया