चालु खाता ६ खर्ब २३ अर्ब रुपैयाँले घाटामा

 साउन ३१, २०७९ मंगलबार १८:४५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  गएको आर्थिक वर्ष २०७८/०७९ मा चालु खाता ६ खर्ब २३ अर्ब ३३ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार अघिल्लो वर्ष चालु खाता तीन खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष दुई अर्ब ८४ करोड रुपैयाँले घाटामा रहेको चालु खाता गएको वर्ष पाँच अर्ब १७ करोड रुपैयाँले घाटामा रहेको छ ।

यस्तै प्रत्यक्ष वैदेशिक लगानी झन्डै ५ प्रतिशतले घटेर १८ अर्ब ५६ करोड रुपैयाँ कायम भएको छ । गएको वर्ष शोधनान्तर स्थिति दुई खर्ब ५५ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको छ ।

यस्तै २०७८ को असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३ दशमलव १ प्रतिशतले कमी आइ यो वर्षको असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा यो वर्षको असार मसान्तमा १८ दशमलव ९ प्रतिशतले कमी आइ नाै अर्ब ५४ करोड कायम भएको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया