आजदेखि ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोलामा पूर्ण प्रतिबन्ध, उत्पादन र प्रयोग गरे कारबाही

 भदौ १, २०७९ बुधबार ७:४३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले आजदेखि काठमाण्डौ उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन र कारोबार भए नभएको बारे आजैदेखि अनुगमन थाल्ने वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज ठाउँ ठाउँमा अनुगमन टोली खटिनेछ । ४० माइक्रोन भन्दा पातला झोला प्रयोग नगर्न नगराउन सम्झाईबुझाई गरिने छ । तर, अटेर गरेमा वातावरण संरक्षण ऐन अनुसार कारबाही गरिने उहाँले बताउनुभयो ।

पहिलो चरणमा झोला उत्पादन गर्ने कम्पनीमा अनुगमन हुनेछ । त्यसपछि धेरै प्रयोग हुने क्षेत्रहरूमा अनुगमन गर्ने र अनुगमनको क्रममा नियम पालना नगरेको पाइए कारबाही हुने वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले बताउनुभयो । लामो समयदेखि पातला प्लाष्टिकका झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने भनिए पनि यो कार्यान्वयन हुन भने सकिरहेको छैन । तर, अबदेखि कडाइ गर्ने वातावरण विभागले जनाएको छ ।

यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुनेगरी यो नियम बनाएको थियो । तर, त्यही महिना भूकम्प गएका कारण कार्यान्वयन हुन सकेन ।  गएको वर्ष साउन २८ गते सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रतिबन्ध लगाउन अन्तरिम आदेशसमेत दिएको थियो ।
 

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया