रुसको कब्जामा रहेको क्राइमियामा अर्को विस्फोट : युक्रेनले आक्रमण गरेको रुसको आरोप

 भदौ १, २०७९ बुधबार ८:५५:२१ | एजेन्सी
unn.prixa.net

रुसको कब्जामा रहेको क्राइमियामा लगातार विस्फोटका घटना भएका छन् । क्राइमिया क्षेत्रमा रहेको सैन्य गोदाममा आक्रमण भएको छ भने तोडफोड गरिएको छ ।

क्राइमियामा रुसी सैन्य आधार शिविरमा आक्रमण भएलगत्तै अर्को पनि विस्फोटको घटना भएको छ । रुसी अधिकारीहरूले जेन्कोइ क्षेत्रमा विस्फोट भएको बताएका छन् । विष्फोटका कारण झण्डै तीन हजार मानिस विस्थापित भएका छन् । घटनामा मानवीय क्षति नभएको बीबीसीले जनाएको छ । रेलवे स्टेशनमा क्षति पुगेको छ । यो विस्फोटको घटना युक्रेनले गराएको रुसले आरोप लगाएको छ ।

गएको हप्ता ब्ल्याक सी क्षेत्रमा रूसी लडाकु विमानमा आक्रमण भएको थियो । यद्यपि युक्रेनले सार्वजनिक रूपमा आक्रमण आफ्नो पक्षबाट भएको स्वीकार गरेको छैन ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया