अब 'हाम्रो पात्रो हेल्थ' बाट डाक्टरसँग अपोइन्टमेन्टसँगै कन्फरेन्स कल पनि गर्न सकिने

 भदौ १, २०७९ बुधबार १६:४५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हाम्रो पात्रो एपको 'हाम्रो पात्रो हेल्थ' सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपिएका छन् । स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासाहरूको बारेमा घरमै बसेर विज्ञ डाक्टरसँग परामर्श लिन सकिने यो सेवाले छोटो समयमै प्रयोगकर्ताबाट पाएको उत्साहजनक सहभागिताले याे सुविधाहरू थप्न हाैसाएकाे हाम्राे पात्राले जनाएकाे छ । हाम्रो पात्रो एपले विज्ञ डाक्टरसँग स्वास्थ्य समस्या भएका र स्वास्थ्य सेवा जिज्ञासु मानिसको सहज पहुँच होस् भन्ने उद्देश्यले यो सेवा सुरु गरेको छ । 

अहिले थपिएका सुविधाहरूमा विशेषज्ञ डाक्टरले आफ्नो उपलब्धता राख्न सक्ने र समय तालिकाअनुसार सेवा उपभोक्ताले विशेषज्ञ डाक्टरसँग अपोइन्टमेन्ट लिएर र डाक्टरसँग कुराकानी गर्न सकिने छ । पहिलेको अनलाइन डाक्टरसँग तत्काल कुरा गर्न सकिने सेवा यथावत् नै रहेको छ । यसअघि बिरामी र डाक्टर दुई जना मात्र कलमा सहभागी हुन सकिने सुविधालाई पनि आफ्नो आवश्यकताअनुसर परिवार या सहयोगी थप्न या बहुविधाका डाक्टरले कन्फरेन्स कल गरेर एकै पटक कुराकानी गर्न सकिने सुविधामा अपग्रेड गरिएको छ ।

यसै सन्दर्भमा हाम्रो पात्रो इंकका फाउन्डर तथा सीईओ शंकर उप्रेतीले यो नयाँ सुविधा आएपछि “वैदेशिक रोजगारी र अध्ययनको क्रममा विदेशमा या देशभित्रै परिवारबाट टाढा भएका हरेक व्यक्तिले आफ्ना आमाबुवा तथा परिवारका सदस्यको स्वास्थ्य परामर्शमा परिवारका सदस्यसँग कन्फरेन्स कलमा बस्न सक्ने” बताउनुभयो । थपिएका सुविधाहरूले प्रयोगकर्ताको दैनिक स्वास्थ्य समस्या तथा जिज्ञासाको समाधान गर्न थप सहयोगी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

त्यसबाहेक अनलाइन र व्यस्त डाक्टरको विशेषज्ञता र अनुभवको सूची हेरेर बिरामीलाई कुन डाक्टरसँग कुरा गर्ने भन्ने सजिलै निर्णय गर्न यो अपडेटले सजिलो बनाउन सेवाहरू थपेको छ । डाक्टरले आफ्नो अनुभवको आधारमा एपमा आफ्नो सेवा शुल्क निर्धारण गर्न सक्नेछन् । डाक्टरले आफ्नो समय अनुकूल मिलाएर बिरामीका लागि उपलब्ध हुने समय तालिका अपडेट गर्न सक्नेछन् र सेवाग्राहीलाई डाक्टरले तोकेको समयावधिभित्र निःशुल्क फलो-अपको सुविधा पनि राखिएको छ । यसका साथै बिरामीले डाक्टरलाई उनीहरूको परामर्शको आधारमा रेटिङ र रिभ्यु पनि गर्न सक्नेछन् । 

अहिले व्यस्त जीवनशैलीका कारण आफ्नो स्वास्थ्यमा समय दिन नसकिरहेका मानिसलाई पनि यो सेवा अति उपयोगी भएको पाइएको छ । साना स्वास्थ्य समस्या तथा जिज्ञासामा पनि डाक्टरलाई भेट्न धेरै समय खर्च गर्नुपर्ने र असहजता भोग्नुपर्ने अवस्थालाई हाम्रो पात्रो हेल्थले सहज बनाएको छ । प्रविधिको माध्यमबाट इन्टरनेट उपलब्धता भएको जुनसुकै ठाउँमा टेलिहेल्थको सेवा सबैका लागि सहयोगी मात्र भएको छैन, खर्च र समयको पनि बचत गरेको छ र अनावश्यक यात्रा घटाएको छ । नेपालीहरूलाई सहजरूपमा स्वास्थ्य परामर्श उपलब्ध गराउन र भौगोलिक र आर्थिक विविधताका बाबजुद स्वास्थ सेवाको आवश्यकता र उपलब्धताको विषमतामा प्रविधिको माथ्यमबाट सहजता निर्माण गर्ने उद्देश्यले हाम्रो पात्रो एपले हाम्रो हेल्थ सुरु गरेको थियो । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया