नागरिकता विधेयक पास गर्न भोलिको संसद् बैठकमा प्रस्ताव पेस हुने

 भदौ १, २०७९ बुधबार १८:३०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै फिर्ता पठाएको नागरिकता विधेयक पुनः पास गर्न भोलि बिहीवार संसदमा प्रस्ताव पेस हुने भएको छ ।

प्रतिनिधि सभाको भोलिको बैठकको सम्भावित कार्यसूचीमा नागरिकता विधेयक पारित गर्न प्रस्ताव पेस हुने उल्लेख छ । भोलि संसद् बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता संशोधन विधेयकमाथि पुनर्विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । लगत्तै विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

हिजो मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका दलहरूको बैठकले राष्ट्रपतिले प्रमाणीकरण नगरि प्रतिनिधि सभामै फिर्ता पठाइदिएको नागरिकता विधेयकलाई पुनः अघि बढाउने सहमति गरेको थियो । नागरिकता विधेयकमा यसअघि नै राखिएका प्रावधानलाई संशाेधन नगरिकन नै संसदबाट पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकाेमा पठाउने गठबन्धनका दलहरूले निर्णय गरेका छन् । सरकारले दोस्रो पटक प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सरकारले साउनको १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिकाेमा पठाएको थियो । तर राष्ट्रपतिले विज्ञहरूसँग छलफल गरेर अस्ति आइतवार प्रतिनिधि सभामै फिर्ता पठाइदिनुभएको थियो । उहाँले नागरिकता विधेयक फिर्ता गर्नुका कारणसमेत संसद् सचिवालयलाई पठाउनुभएको थियो । राष्ट्रपतिले फिर्ता पठाएको विधेयक आज प्रतिनिधि सभामा पेस भइसकेको छ ।

यस्ताे छ कार्यसूची–

 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया