फाेहरका गाडी नराेक्नुहाेस्, आउनुहाेस् सबै बसेर छलफल गराैँ : गगन थापा

 भदौ १, २०७९ बुधबार १८:५२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाण्डाै उपत्यकाकाे फाेहर विसर्जनमा पार्टीकाे तर्फबाट अवराेध नगर्न आग्रह गर्नुभएकाे छ । केही दिनयता सिसडोल र बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटमा फाेहर विसर्जनका क्रममा अवराेध भइरहेकाे भन्दै उहाँले यस विषयमा हल खाेज्न मद्दत गर्न आग्रह गर्नुभएकाे हाे । 

उहाँले भन्नुभएकाे छ, ‘नेपाली कांग्रेस पार्टीको तर्फबाट पालिकाकाे नेतृत्वलाई कोही पनि साथी अवरोधमा संलग्न नहुन भनिसकिएको छ । पार्टीको जिम्मेवार पदाधिकारीको नाताले पुनः खुला आह्वान गर्न चाहन्छु- पार्टीको कुनै पनि तहको कोही पनि साथी अवरोधमा संलग्न नहुनुहोस्, समाधानका लागि सक्रिय हुनुहोस् । अन्य राजनीतिक दलका स्थानीय नेता र कार्यकर्तालाई पनि आग्रह छ- अवरोध होइन यो विषयमा हल खोज्न मद्दत गर्नुहोस् ।’ 

काठमाण्डाै फोहरले अस्तव्यस्त भएको र यही अवस्था अझ केही दिन रहेमा महामारी फैलन सक्ने सम्भावना रहेकाे भन्दै नेता थापाले सचेत पनि गराउनुभएकाे छ । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया