माओवादीसँग एकताका लागि 'पार्टी एकता संयोजन समिति' बनाउने नेकपा एसकाे निर्णय

 भदौ १, २०७९ बुधबार १९:२५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताका लागि पार्टी एकता संयोजन समिति बनाउने निर्णय गरेको छ । 

बुधवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले वामहरूको बीचमा एकताको पहल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बाट सुरु हुने बताउनुभयो । समितिमा पार्टीका शीर्ष नेताहरू अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरू रहनुपर्ने सुझाव दिएको उहाँले जानकारी दिनुभयाे । 

उहाँले भन्नुभयो, ‘वामहरूको बीचमा एकताको पहल गर्न नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बाट सुरु हुनेछ । त्यसरी दुई वटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयामहरूमा कार्य प्रक्रियालाई अघि बढाउनका निमित्त एकता संयोजन समिति बनाएर दुवै पार्टीबाट त्यस्तै किसिमको संयन्त्र बनाउने भन्ने हो । हामीले पार्टी संयोजन समितिको कुरा गरेका छौँ । त्यसका धेरै चरणहरू हुन्छन् र विभिन्न चरणमा काम गर्दै जाने र आउँदाे चुनावकाे बारेमा कुरा भएको छ ।’

उपमहासचिव तुलाधरले बैठकले पार्टीको केन्द्रीय सदस्यको कार्य विभाजनमा पनि हेरफेर गरेको पनि बताउनुभयो । बैठकले आउँदाे चुनावकाे लागि मापदण्ड तयार गरेअनुसार उपयुक्त उम्मेदवार छान्ने अधिकार निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीलाई दिएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • अर्जुन बि क

    Aug. 17, 2022, 7:40 p.m.

    एकदम राम्रो कामको सुरुवात गरेकोमा धन्यवाद /

  •  0 Reply

तपाईको प्रतिक्रिया