ह्वावेको 'सिड्स फर फ्युचर' कार्यक्रममार्फत ७ जना विद्यार्थी थाइल्यान्डमा

 भदौ १, २०७९ बुधबार १९:३७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ह्वावेले छात्रवृत्तिमार्फत नेपालबाट सात जना विद्यार्थीलाई थाइल्यान्ड लगेको छ । विश्वव्यापी रूपमा व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत 'सिड्स फर फ्युचर प्रोग्राम' सञ्चालन गरिरहेको ह्वावेले भोलि बिहीवारदेखि अगस्ट २७ तारिखसम्म चल्ने कार्यक्रमका लागि नेपाली विद्यार्थीसहितको टोली थाइल्यान्ड लगेको हो । 

यो कार्यक्रममा लागि ह्वावेले गएको जेठमा नेपाली विद्यार्थीमाझ आवेदन माग गरेको थियो, जसमा दुई सय ५६ विद्यार्थीको आवेदन परेको थियो । काठमाण्डाै विश्वविद्यालयका अध्यनरत निर्माण खड्का र प्रज्ञा मल्लिक, त्रिवि इन्जिनियरिङ संस्थान पुल्चोकका रिया वैद्य र नदिका पौडेल, मदन भण्डारी मेमोरियल कलेजका वंशज पौडेल, खोप इन्जिनियरिङ कलेजका जितिन भुसाल र अमृत साइन्स क्याम्पसका अजु तामाङ छनोट भएका छन् । 

'सिड्स फर फ्युचर' कार्यक्रममा सहभागी हुने विद्यार्थीले आफूलाई उत्कृष्ट सावित गर्न सकेको खण्डमा सिङ्गापुरमा आयोजना हुने 'टेक फर गुड' नामक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत सहभागी हुन पाउनेछन् । कार्यक्रममा विजेता हुनेले २० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नुका साथै आफ्नो परियोजनाको व्यावसायिक विस्तारका लागि आवश्यक लगानी जुटाउने अवसरसमेत पाउने ह्वावेले जनाएको छ । 

सूचना प्रविधिको क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर विश्वका एक सय ३० देशमा सञ्चालित यस कार्यक्रममा नेपालबाट यस पटक सात जना विद्यार्थी सहभागी भएका छन् । 

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया