चुनावी सुरक्षा योजना बनाउन निर्वाचन आयोगको निर्देशन

 भदौ २, २०७९ बिहिबार ७:२९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न सरकारलाई चार बुँदे निर्देशन दिएको छ ।

आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४ बमोजिमको सुरक्षा योजना तयार गरी आयोगमा उपलब्ध गराउन निर्देशन दिएको हो ।

त्यसैगरी आयोगले गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावबाट प्राप्त निचोड तथा सुरक्षा संवेदनशीलताका आधारमा मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षा योजना प्रबन्ध गरी कुनै पनि मतदान केन्द्रमा अवरोध नहुने अवस्थाको सुनिश्चितता हुने गरी विस्तृत सुरक्षा योजना तयार गरी सुरक्षाकर्मी खटनपटनको व्यवस्था मिलाउन भनेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार विशेष कारणवश कुनै पनि मतदान केन्द्रमा मतदान कार्यमा अवरोध हुने वा गर्ने अवस्थामा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा ५० बमोजिम आवश्यक कारबाही हुने बेहोराको जानकारी सबै सुरक्षा निकायलाई अग्रिम रूपमा दिन, सुरक्षा व्यवस्थापनमा सुरक्षाकर्मी कम हुने अवस्था भएमा सुरक्षाको थप व्यवस्थाका लागि सेवा निवृत्त तालिम प्राप्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय सेवादल र पालिकाका नगर प्रहरी तथा पालिका चुनाव-२०७९ मा भर्ना गरिएका तालिम प्राप्त जनशक्तिलाई नियुक्ति दिइ परिचालन गरी निर्वाचन सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया