सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै : सिट बाँडफाँट लगायतका विषयमा छलफल हुने

 भदौ २, २०७९ बिहीबार ७:४२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे बालुवाटारमा बस्ने तयारी छ ।

आजको बैठक राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव तथा सिट बाँडफाँटलगायत विषयमा केन्द्रित हुनेछ । साथै सिट बाँडफाँट कार्यदलमा भएको छलफलको प्रगति विवरण पनि आजको बैठकमा पेस गर्ने तयारी छ । तर कार्यदलले सिट बाँडफाँटको आधार र सङ्ख्यामा ठोस प्रगति गर्न सकेको छैन ।

सिट बाँडफाँटको आधार र सङ्ख्याको प्रारम्भिक खाका बनाउने जिम्मा पाएका कार्यदल संयोजक कृष्णप्रसाद सिटौलले हिजोको बैठकमा प्रस्ताव पेस नगरेपछि गठबन्धनका शीर्ष नेताको बैठक बोलाइएको हो । साउन मसान्तभित्र प्रारम्भिक प्रस्ताव बनाउने जिम्मा पाएको कार्यदल निष्कर्षविहीन अवस्थामा छ ।

गएको साउन २० गते सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा तालमेल गर्ने निर्णयसहित कांग्रेसबाट तीन र अन्य दलबाट दुई–दुई जना रहने गरी ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया