जस्मिन पेन्ट्सको ग्राहकलक्षित उपहार योजना सार्वजनिक

 भदौ २, २०७९ बिहिबार ८:५७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जस्मिन पेन्ट्सले ग्राहकहरुलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको छ । चाडपर्व सँग–सँगै वर्षैभरि खुसीयाली साट्ने उद्देश्यकासाथ उपहार योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

कम्पनीकाअनुसार हिजो भदौ १ गतेदेखि आउँदो साउनको मसान्तसम्म “वर्षभरि हर्ष, प्रत्येक महिना लखपति, उपहार त कति कति” भन्ने नाराका साथ ग्राहकलक्षित बम्पर उपहार योजना सञ्चालनमा ल्याएको हो ।

ग्राहकलक्षित उपहार योजनामार्फत जस्मिन पेन्ट्सका उत्पादनहरु खरिद गर्ने ग्राहकहरुमध्ये लक्की ‘ड्र’ मार्फत प्रत्येक महिना १ सय १२ जनाले विभिन्न उपहारहरु प्राप्त गर्नेछन् । हरेक महिना १ जनाले नगद एक लाख, एक जनाले स्मार्ट मोबाइल फोन, १० जनाले इलेक्ट्रिक राइस कुकर र एक सय जनाले आकर्षक भित्ते घडी प्राप्त गर्ने कम्पनीले जनाएको छ । उपहार योजनामा सहभागी हुनका लागि ग्राहकले अनिवार्य रुपमा जस्मिन पेन्ट्सका उत्पादनहरु खरिद गर्नुपर्ने पनि कम्पनीले जनाएको छ । 

७५ हजारदेखि १ लाख रुपैयाँसम्मको खरिदमा १ वटा कुपन, १ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्मको खरिदमा २ वटा कुपन र १ लाख ५० हजारदेखि माथिको खरिदमा ३ वटा कुपन प्रदान गरिने र कुपनको अर्धकट्टीलाई लक्की ‘ड्र’ मा समावेश गरिने छ । यसरी लक्की 'ड्र' मा समावेश गरिएका कुपनहरुबाटै प्रत्येक महिना १ सय १२ जना भाग्यशाली विजेता बन्नेछन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया