मेयर हर्क साम्पाङद्वारा अहिलेसम्म भएका कामको विवरण सार्वजनिक

 भदौ २, २०७९ बिहीबार ८:२०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्क राज राई) ले आफू निर्वाचित भएपछि अहिलेसम्म गरेका कामको विवरण सार्वजनिक गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले १३ बुँदामा विवरण सार्वजनिक गर्नुभएको हो ।

गएको वैशाख ३० गते भएको पालिका चुनावमा साम्पाङ स्वतन्त्रबाट धरान उप–महानगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो ।

उहाँले नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरुवात गरेको, चार ठाउँबाट खानेपानीको मुहान थपेको, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएको, ६ लाख बिरुवा रोपेको, सरसफाइमा देखिने गरी सुधार ल्याएको उल्लेख गर्नुभएको छ ।

यस्तै शिक्षा, स्वास्थ्य, प्रशासनिक सुधार र शान्तिसुरक्षा, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको, बाटो मर्मत सम्भार तथा तटबन्धन र विपद् व्यवस्थापन लगायतका काम गरेको उल्लेख गर्नुभएको छ।

काठमाण्डौ महानगरको फोहर व्यवस्थापनका बारेमा सामाजिक सञ्जालमा लेखेपछि अहिले मेयर राईको टिका–टिप्पणी भइरहेको छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया