स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती
माघ ११, २०८१ शुक्रबार
काठमाण्डौ – नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले नागरिकतालाई सस्तो नबनाउन संसद्को ध्यानाकर्षण गराउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले विश्वका धेरैजसो देशमा नागरिकलाई सस्तो बनाउने कुरा नरहेको उल्लेख गर्दै छिमेकी देशहरूबाट सिकेर भए पनि नागरिकताको विषयमा गम्भीर छलफल हुन आवश्यक रहेको बताउनुभएको हो । उहाँले हतार हतारमा नागरिकता विधेयक ल्याउनु गलत भएको पनि बताउनुभयो । उहाँले सत्तापक्षको गठबन्धनको गलपासोका रूपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जान नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हतार–हतारमा नागरिकता विधेयक ल्याउनु गलत छ । यसले लोकतन्त्रको प्रतिनिधित्व गर्दैन । जनताका आवाज सुन्दैन । सत्तापक्षको गठबन्धनको गलपासोका रूपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जानु हुँदैन । यो नेपाली जाति र नेपालका नागरिकले प्राप्त गर्ने कुरा हो । यसमा कसैको विभेदको दृष्टिकोण छ जस्तो लाग्दैन ।’
सांसद बाँस्कोटाले नागरिकता भेग, क्षेत्र, अनुहारको रङ र लिङ्ग हेरेर दिने कुरो नरहेको बताउनुभयो । उहाँले संविधानअनुसार नै राष्ट्रपतिले नागरिकता विधेयक सदनमा पुनः सुधार्नका लागि पठाएको बताउनुभयो । उहाँले यदि राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकको पत्र गलत भए च्यातेर देखाउन सत्तारूढ दलका सांसदलाई चुनौती दिनुभयो ।
सांसद बाँस्कोटाले सत्तापक्षले प्रतिपक्षले रङ फेरेको आरोप लगाएको भन्दै रङ प्रतिपक्षले नभइ सत्तापक्षले नै फेरिरहेको दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।