स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती
माघ ११, २०८१ शुक्रबार
पछिल्लो समय तीव्र गतिमा फैलिइरहेको मङ्कीपक्सको सङ्क्रमण मानिसबाट कुकुरमा सरेको पाइएको छ । फ्रान्सको राजधानी पेरिसमा दुई जना पुरुषसँग बस्दै आएको कुकुरमा मङ्कीपक्सको सङ्क्रमण देखिएको विश्व स्वास्थ्य सङ्गठनलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
जनावरमा सङ्क्रमण सर्नु निकै गम्भीर विषय भएको भन्दै डब्ल्यूएचओले सङ्क्रमितबाट जनावरलाई टाढै राख्न भनेको छ । जङ्गली जनावरमा यो सङ्क्रमण फैलिएमा अवस्था भयावह हुन सक्नेछ ।
डब्ल्यूएचओका मङ्कीपक्सका विज्ञ रोजामुन्ड लुईसले पहिलो पटक कुकुरमा मङ्कीपक्स सरेको घटनाले जोखिम झनै बढाएको बताउनुभयो । उहाँले विशेषगरी कुकुर, बिरालाे र घरेलु मुसासँग धेरै घुलमिल नगर्न सुझाव दिनुभएको खबरमा उल्लेख छ । विभिन्न क्षेत्रका र उमेर समूहका मानिसअनुसार मङ्कीपक्सका विभिन्न भेरिएन्ट पनि फैलिएको विषयले पनि चिन्ता थपेको जनस्वास्थ्यविद्ले जनाएका छन् ।
सन् १९५८ मा डेनमार्ककाे बाँदरमा पहिलो पटक देखिएको मङ्कीपक्स सन् १९७० मा मानिसमा सरेको पत्ता लागेको थियो । अहिले ९२ देशका ३५ हजार जनाभन्दा धेरैमा मङ्कीपक्स फैलिएको छ भने १२ जनाको ज्यान गइसकेको छ । गएको हप्तामात्रै सङ्क्रमितको सङ्ख्या २० प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।