माओवादी सांसदको आरोप : राष्ट्रपतिले विवेक प्रयोग गर्नुभएन

 भदौ २, २०७९ बिहीबार १७:२२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना बिशंखेले राष्ट्रपति विद्यादेवी भण्डारीले विवेक प्रयोग गर्न नसकेको आरोप लगाउनुभएको छ । 

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बिशंखेले राष्ट्रपतिमाथि यस्तो आरोप लगाउनुभएको हो । उहाँले संसदमा कसैले पनि विवेक प्रयोग गर्न नसकेको बताउनुभयो । सांसदहरूलाई विवेक प्रयोग गर्नसक्ने हिम्मत देखाउन पनि उहाँकाे चुनौती छ । 

सांसद बिशंखेले नागरिकतामा राजनीति गर्न नहुने भन्दै सबै नेपाली नागरिकले नागरिकता पाउनुपर्ने बताउनुभयो । नेपाली नागरिकसँग विवाह गर्नेले बस्न चाहेमा वा नचाहेमा पनि सहजरूपमा नागरिकता दिनुपर्ने उहाँकाे भनाइ छ । उहाँले नागरिकताको बारेमा फरक रूपमा रहँदा फरक तर्क गर्न नमिल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘छोरीसँग विवाह गरेर आउने ज्वाइँले चाहन्छन् भने पनि र छोरासँग विवाह गरेर आउने बुहारीले चाहेमा पनि नागरिकता दिन सक्नुपर्छ । यो नागरिकता दिनुपर्छ भन्ने विषय हो । एउटै विषयलाई नेकपामा आउँदा अर्कै, एमाले बन्दा अर्कै, गठबन्धन गर्दा अर्कै किन ? विवेकको प्रयोग गरौँ । ठूला प्रश्न गर्नेलाई मेरो प्रश्न र चुनौती छ विवेकको प्रयोग गर्न सक्नुहन्छ ? सम्मानित राष्ट्रपतिजस्तो पदमा बसेर त विवेकको प्रयोग गर्न सक्नुभएन । अरूको के कुरा गर्ने ?’ 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया