न्युजिल्यान्डमा बाढीका कारण सयाैँ प्रभावित, बुलर र नेल्सनमा आपत्काल घाेषणा

 भदौ ३, २०७९ शुक्रबार १०:२०:३६ | एजेन्सी
unn.prixa.net

न्युजिल्यान्डको दक्षिणी टापुमा आएको बाढीका कारण सयौँ परिवार घर छोड्न बाध्य भएका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको छ । मुख्यगरी बुलर र नेल्सनमा आपत्कालीन अवस्था घोषणा गरिएको छ ।

ठूलो पानी परेपछि नेल्सनको मुख्य नदी मैताईमा बाढी आएको र नदीले प्राकृतिक धार परिवर्तन गरी घर, पाइप र सडकमा क्षति गरेको छ ।

बस्ती तथा जमिनमा दुई फिटभन्दा धेरै पानी जमेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उद्धार टोली र सुरक्षा निकायले जलमग्न सडकमा मानिसलाई आवश्यक सहयोग गरिरहेका छन् ।

बाढीका कारण ढलहरू फुटेकाले सुरक्षित पिउने पानीको समस्या भएको छ । आपत्कालीन व्यवस्थापन मन्त्री किरन म्याकएनल्टीले नेल्सनको भ्रमण गरी बाढी प्रभावितलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उत्तरी टापु पनि खराब मौसमबाट प्रभावित भएको छ ।

नर्थल्यान्डमा १ सय २० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावा चलेको र त्यसले रुखहरु ढलेर दुर्घटना समेत भएको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: जेठ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया