'अर्थर गन' ले ७ वटा सहरमा कन्सर्ट गर्ने

 भदौ ३, २०७९ शुक्रबार १३:२०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी आइडल फाइनलिस्ट नेपाली मूलका गायक दिवेश पोखरेल अर्थात् अर्थर गनले नेपालको संस्कृति र प्रकृतिलाई विश्वमाझ चिनाउन आवश्यक रहेको बताएका छन् । 

बिहीवार बेलुकी काठमाण्डौमा आयोजित एक कार्यक्रममा दिवेशले यस्तो बताएका हुन् । नेपालमा हुन लागेको पहिलो साङ्गीतिक यात्राबारे जानकारी दिन काठमाण्डौम आयोजित पत्रकार सम्मेलनमा बोल्दै दिवेशले नेपालमा भएका आफ्ना समर्थकहरूका लागि साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्न नेपाल आएको बताए । 

भोलि शनिवारदेखि हुने टुबोर्ग होमकमिङ अर्थर गन का लागि उनीसहितको टोली नेपाल आएको हो । नेपालको कला, संस्कृति र प्रकृतिको बारेमा जान्न र बुझ्न डकुमेन्ट्री बनाउने लक्ष्यसहित नेपाल आएको दिवशको भनाइ छ । एक महिनाको नेपाल बसाइमा नेपालको सांस्कृतिक, साङ्गीतिक, पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिने उनले बताए । सङ्गीत विश्वव्यापी भाष भएकोले यसबाट नै नेपालको पर्यटन प्रवद्र्धन गर्न सकिने उनको भनाइ छ । 

गायक दिवेशले देशका प्रमुख सात सहरमा नौ वटा कन्सर्ट गर्नेछन् । उनले नेपाल संस्कृतिका साथै प्राकृतिक बनावटले पनि सुन्दर रहेको भन्दै आफूले तयार पार्ने साङ्गीतिक टुर डकुमेन्ट्रीले झनै नेपालको पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । 

सन् २०२० को अमेरिकन आइडलमा भाग लिएसँगै एकाएक चर्चामा आएका गायक पोखरलले अमेरिका सङ्गीतको हिसाबले राम्रो ठाउँ भएको बताए । उनी अमेरिकन आडलमा तेस्रो स्थान बनाउन सफल भएका थिए । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया