प्रदेश सांसदमार्फत बजेट बाँड्ने काम राेक्न प्रदेश १ र गण्डकीलाई आयाेगकाे निर्देशन

 भदौ ३, २०७९ शुक्रबार १८:४६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले प्रदेश १ र गण्डकी प्रदेश सरकारलाई निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गतका कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको छ । 

आउँदाे मङ्सिर ४ गते चुनाव तोकिएको र प्रदेश सभाको कार्यकाल सकिन लागेका बेला प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममार्फत बजेट सांसदलाई योजना छनाेट गर्न लगाइएको र योजना बाँड्ने तयारी रहेको जानकारी प्राप्त भएकाले रोक्न निर्देशन दिएको आयोगले जनाएको छ । यो कार्यक्रमअन्तर्गतका योजनाहरू प्रदेश सभा सदस्यले छनाेट तथा कार्यान्वयनमा सहजीकरण गर्दै आएका छन् । 

चुनावको प्रक्रियाहरू सुरु भइसकेकाे अवस्थामा यस्ता वितरणमुखी कार्यक्रमले चुनावको स्वच्छतामा नै प्रश्न उठाउन सक्ने आयोगको भनाइ छ । आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अघि नबढाउन निर्देशन दिनुका साथै पाँच बुँदै स्पष्टीकरणसमेत सोधेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया