एन्फा महिला लिगमा आर्मी र पुलिसबीच बराबरी
पुस २१, २०८१ आइतबार
काठमाण्डाै – काठमाण्डौको थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नेपालमै पहिलाे पटक 'ह्युमन मिल्क बैंक' सञ्चालनमा आएको छ ।
अस्पतालको ६३ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज शुक्रवरा ह्युमन मिल्क बैंकको उद्घाटन गर्नुभएको हो । यो बैंकले समय नपुगी जन्मिएका, कम तौल भएका र अरू जोखिममा रहेका शिशुहरूलाई अरू आमाहरूको दूध उपलब्ध गराउँछ । अस्पतालमा रहेको ह्युमन मिल्क बैंकमा सुत्केरी आमाबाट सुरक्षित रूपमा दान गरिएको दूध सङ्कलन, प्रशोधन, परीक्षण र भण्डारण गरी समय नपुगी जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुलाई सबैभन्दा बढी आवश्यकता परेको बेलामा उपलब्ध गराइनेछ ।
नेपालमा वर्षमा झन्डै ८१ हजार शिशु समय नपुग्दै जन्मिने गरेका छन् । शिशु जन्मिएको पहिलो महिनामा मृत्युको उच्च जोखिम हुन्छ भने समय नपुगी जन्मेका र कम तौल भएका शिशु अझ बढी जोखिममा हुन्छन् । समय नपुगी जन्मेका शिशुको जीवन जोगाउनका लागि ह्युमन मिल्क बैंक महत्त्वपूर्ण हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले आमाको दूध भण्डारण गर्ने बैंक स्थापना मातृ तथा शिशु सेवाको क्षेत्रमा ऐतिहासिक थालनी भएको बताउनुभयो । यो बैंकले नेपालमा मातृ तथा शिशु मृत्युदर घटाउन महत्त्वपूर्ण योगदान दिनुका साथै स्तनपान महत्त्वबारे जनचेतना जगाउने सहयोग पुग्नेछ भन्ने विश्वास रहेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।