शेयर बजार झन्डै ८ अङ्कले घट्यो, २ अर्ब ४ करोड रुपैयाँको काराेबार

 भदौ ५, २०७९ आइतबार १५:१५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन आइतवार शेयर बजार घटेको छ । दिनभर घटबढ भइरहेको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा ७ दशमलव ७२ अङ्कले घटेर २ हजार ६० दशमलव ५५ विन्दुमा झरेको छ ।

आज बैंक, होटल, निर्जीवन बीमा र उत्पादन समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । आज दुई सय १८ वटा कम्पनीकाे ५३ लाख ३९ हजार कित्ता शेयर दुई अर्ब चार करोड ७० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै रिडी हाइड्रो पावरको १२ करोड २८ लाख र अपी पावर कम्पनीको १० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज रिभर फल्स कम्पनी र हिमालयन हाइड्रो पावर कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार बढे पनि मन्दाकिनी हाइड्रो र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया