फिलिपिन्समा साढे २ वर्षदेखि बन्द रहेका विद्यालय आजदेखि खुले, विद्यार्थी खुसी

 भदौ ६, २०७९ सोमबार १४:५२:४७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

फिलिपिन्समा साढे दुई वर्षदेखि बन्द रहेका विद्यालय खुलेका छन् । कोरोना महामारी सुरु भएपछि बन्द रहेका विद्यालय आजदेखि खुलेका र लाखौँ विद्यार्थी कक्षाकोठामा पुगेका समाचार संस्था रोयटर्सले जनाएको छ ।  

कोरोना महामारीका कारण भौतिक उपस्थितिमा पढाइ बन्द गरेर सबैभन्दा ढिलो विद्यालय खुलाउने अन्तिम देश फिलिपिन्स बनेको छ । विश्वभर विद्यालय यसअघि नै खुलिसकेका छन् । सन् २०२० को मार्चपछि आज पहिलो पटक निकै खुसी हुँदै विद्यार्थी विद्यालय गएका दृश्य देखिएका छन् । बालबालिकालाई मास्क, स्यानिटाइजर र तापक्रम मापन अनिवार्य गरिएको खबरमा उल्लेख छ ।

फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले कार्यकाल सम्हाल्नेबित्तिकै विद्यालय पुनः खुला गर्ने घोषणा गर्नुभएको थियो । लामो समय अनलाइनबाट मात्रै कक्षा सञ्चालन गर्दा फिलिपिन्सको शिक्षा प्रणाली बिग्रिन थालेको भन्दै चौतर्फी चिन्ता व्यक्त भएको छ । १० वर्षभन्दा कम उमेर समूहका बालबालिकाले अनलाइन कक्षाबाट धेरै उपलब्धि हासिल गर्न नसक्ने अध्ययनहरुले देखाएका छन् ।

फिलिपिन्समा विद्यालय बन्द भएपछि अनलाइन कक्षा, शैक्षिक सामग्री प्रिन्ट गरेर विद्यार्थीको घरमा पुर्‍याउने तथा रेडियो र टेलिभिजनबाट कक्षा सञ्चालन भएका थिए । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया