इरानसँगको आणविक सम्झौता पुनःउत्थानका लागि यसै हप्ता बैठक बस्ने

 भदौ ७, २०७९ मंगलबार १०:१०:५२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इरानसँगको आणविक सम्झौता पुनःउत्थानका लागि यसै हप्ता बैठकको तयारी भएको छ ।

युरोपेली सङ्घ (ईयू) को प्रस्तावमा इरानले प्रतिक्रिया जनाएपछि बैठक बस्न लागेको ईयूका उच्च कुटनीतिज्ञले बताएका छन् ।

इरानको आणविक महत्वाकाङ्क्षालाई नियन्त्रण गर्ने उद्देश्यले सन् २०१५ मा विश्व शक्तिराष्ट्र र तेहरानबीच भएको सम्झौता (जेसीपीओए) लाई पुनर्जीवित गर्ने प्रयास महत्त्वपूर्ण मोडमा छ ।

जेसीपीओएका अन्य पक्षहरूमा बेलायत, चीन, फ्रान्स, जर्मनी र रूस रहेका छन् ।

गएको हप्ता भियतनाममा तय भएको बैठक बस्न सकेको थिएन । ईयू विदेश नीति प्रमुख जोसेप बोरेलले बैठकको तयारी तीव्र पारेको जानकारी दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०१८ मा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता फिर्ता भएको घोषणा गरेपछि इरानले पनि आफ्ना लागि मात्र मान्य नभएको भन्दै फिर्ताको घोषणा गरेको थियो । त्यसपछि सम्झौता सङ्कटमा परेको थियो ।
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया