फिनल्यान्डकी प्रधानमन्त्रीले लागुपदार्थ प्रयाेग नगरेकाे पुष्टि

 भदौ ७, २०७९ मंगलबार १४:२:३२ | एजेन्सी
unn.prixa.net

साथीभाइसँगको जमघटमा नाचेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिनुभएकी फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले लागुपदार्थ प्रयाेग नगरेको पुष्टि भएको छ । 

सामाजिक सञ्जालमा ‘भाइरल’ भएको ‘हाउस पार्टी’ को भिडियोमा उहाँ रक्सी खाएर रमाएकाे देख्न सकिन्थ्याे । त्याे भिडियाेलाई लिएर उहाँले लागुपदार्थ पनि प्रयाेग गरेकाे हुन सक्ने आराेप लागेपछि सोमवार उहाँले गराउनुभएको प्रयोगशाला परीक्षणबाट लागुपदार्थ प्रयाेग नगरेको पुष्टि भएको हो । 

प्रधानमन्त्री मरिनको पिसाबको नमुनामा कोकिन, एम्फेटामाइन्स, भाङ र ओपिओइड्सजस्ता लागुऔषध नभएकाे निर्क्याेल गर्न परीक्षण गरिएको थियो । आफूले केही रक्सी खाएकाे तर कुनै किसिमका लागुपदार्थ प्रयाेग नगरेकाे प्रधानमन्त्री मरिनले शुक्रवार आफ्नो निवासमा पत्रकारहरूलाई बताउनुभएको थियो । आफूले जीवनमा कहिल्यै पनि लागुपदार्थ प्रयाेग नगरेकाे स्पष्ट गर्नुभएको थियो । 

३४ वर्षको उमेरमा प्रधानमन्त्री बन्नुभएकी मारिनको विपक्षीहरूले सरकारी निवासमा भोजभतेरलगायतका गतिविधि गरेकाेमा यसअघि पनि आलोचना गरेका थिए । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया