१९ वर्षमुनिको महिला विश्वकप प्लेअफमा नेपालले आज मलेसियासँग ख...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – दुई दिनसम्म लगातार घटेको शेयर बजार आज मङ्गलवार भने सामान्य बढेको छ । शेयरबजार परिसूचक नेप्से आज एक दशमलव ८५ अङ्कले बढेर दुई हजार ५४ दशमलव ९८ विन्दुमा पुगेको छ ।
आज बैंक, व्यापार, जलविद्युत्, उत्पादन, जीवन बीमा र लगानी समूहको शेयर सामान्य बढेको छ । अरू समूहको शेयर भने सामान्य घटेको छ । यस्तै दुई सय २२ वटा कम्पनीकाे ४० लाख ३१ हजार कित्ता शेयर एक अर्ब ३३ करोड ३५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १४ करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज रुरु हाइड्रो पावर, मन्दाकिनी हाइड्रो र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सिद्धार्थ इक्विटी फन्डको शेयर झन्डै सात प्रतिशत तथा एभरेस्ट बैंक, सिजिजन म्युचल फन्ड–१ र लक्ष्मी इक्वपटी फन्डको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।