साउनमा आयात–निर्यात दुवै घट्यो, साढे ३ अर्बको खाद्यान्न र ५ अर्ब रुपैयाँको प्लास्टिक भित्रियाे

 भदौ ७, २०७९ मंगलबार १७:४०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा वैदेशिक व्यापारका सबै सूचकमा कमी आएको छ । भन्सार विभागका अनुसार साउनमा नेपालले एक खर्ब ३१ अर्ब २८ करोड रुपैयाँको सामान आयात गरेको छ । यो अघिल्लो वर्षको साउनको तुलनामा १२ दशमलव ९० प्रतिशतले कमी हो । 

यस्तै साउनमा १४ अर्ब ८० करोड रुपैयाँको वस्तु निर्यात भएको छ, यो अघिल्लो वर्षको साउनको तुलनामा २८ दशमलव ६८ प्रतिशतले कमी हो । पहिलो महिनामा व्यापार घाटा एक खर्ब १६ अर्ब ४७ करोड रुपैयाँ रहेको छ, यो अघिल्लो वर्षको पहिलो महिनाको तुलनामा १० दशमलव ३८ प्रतिशतले कम हो । 

साउनमा ११ अर्बको घिउ तेल, २५ अर्बको पेट्रोलियम पदार्थ र बिटुमिन लगायतका वस्तु, ११ अर्ब रुपैयाँको फलामलगायतका वस्तु आयात भएका छन् । यस्तै चार अर्ब ६४ करोड रुपैयाँकाे गाडी, पाँच अर्ब रुपैयाँकाे प्लास्टिक, साढे पाँच अर्ब रुपैयाँको औषधि र कच्चा पदार्थ, दुई अर्ब ४६ करोड रुपैयाँको तरकारी, एक अर्ब ९० करोडको फलफूल र तीन अर्ब ५९ करोड रुपैयाँको खाद्यान्न आयात भएका भन्सार विभागले जनाएको छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया