इन्डो–नेपाल भलिबलमा एपीएफले गलकाेटलाई हरायाे
पुस १९, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा एमालेले आउँदाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धनका लागि ढोका खुला राखेको बताएको छ ।
आज मङ्गलवार स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गठबन्धन गर्नु हुँदैन भनेर पार्टीले ढोका बन्द नगरेको स्पष्ट पार्नुभयो । उहाँले एमालेसँग गठबन्धन गर्न चाहनेहरूका लागि ढोका खुला रहेको बताउनुभयो । उहाँले देशमा सुशासन, समृद्धि र स्वाधीनताको पक्षमा एजेन्डा मिल्नेहरूसँग गठबन्धन गर्न तयार रहेको बताउनुभयो ।
कसैलाई गठबन्धनमा आउन भनेर दबाब भने नदिने गुरुङकाे भनाइ थियाे । उहाँले भन्नुभयो, ‘गठबन्धन गर्नै हुँदैन भनेर ढोका बन्द गरेर बसेको पार्टी एमाले होइन । एमालेसँग जो–जो गठबन्धन गर्न चाहन्छ, त्यो पार्टीलाई ढोका खुला छ । तर गठबन्धन भएन भने एमाले चुनावमा जाँदैन, एमाले चुनावमा हार्छ भन्ने मानसिकता चाहँदैनौँ । हामी एक्लैले चुनाव जित्न सक्छौँ । चुनाव लड्नुपर्छ । चुनौतीको सामना गर्नुपर्छ ।’
उपमहासचिव गुरुङले स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको तेस्रो बैठकपछि भएका निर्णयको अनुमोदन गरेको जानकारी दिनुभयाे । त्यस्तै पछिल्लो समय अन्य पार्टीबाट एमाले प्रवेश गरेका नेता तथा कार्यकर्तालाई मातहतका कमिटीहरूमा व्यवस्थापन गर्ने निर्णय गरेको उहाँकाे भनाइ छ । बैठकले कुलभक्त शाक्य, डिबी नेपाली र नवराज पौडेललाई केन्द्रीय सल्लाहकार परिषदमा मनोनयन गर्ने निर्णय गरेको छ । त्यस्तै जीवन गौतम, वृजेश गुप्ता, धर्म देवकोटा र अमृत राजवंशीलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको पनि उहाँले जानकारी दिनुभयो । बैठकले ५२ हजार पाँच सय ५० जनाको पार्टी सदस्यता दोहोरिएकाले त्याे सदस्यताको व्यवस्थापनका लागि सङ्गठन विभागलाई जिम्मेवारी तोकेको छ ।
यस्तै ६ वटा प्रदेशका इन्चार्जहरूले आफ्नो प्रदेशको शक्ति सन्तुलन र प्रदेशको सङ्गठनात्मक गतिविधिको सम्बन्धमा रिर्पोटिङ गर्नुभएको छ । त्यस्तै बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आउँदाे भदौ १० र ११ गते हुन लागेको केन्द्रीय कमिटीको बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनको सम्बन्धमा ब्रिफिङ गर्नुभएको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिनुभयो । अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा ल्याउने प्रतिवेदनको सम्बन्धमा नेताहरू सुवासचन्द्र नेम्वाङ, घनश्याम भुसाल, कर्ण थापा, प्रभु शाह, शेरधन राई, रघुजी पन्त, मणि थापा, खगराज अधिकारीलगायतका नेताहरूले सुझाव दिनुभएको उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।