गाजामा मारिनेको सङ्ख्या रिपोर्ट गरिएभन्दा धेरै रहेको एक अध्ययन...
पुस २७, २०८१ शनिबार
काठमाण्डौ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कर्मचारीले दलको नेताहरूकाे चापलुसी गर्न छोडेर जनतामा सहज सेवा विस्तार र व्यवस्थापनमा लाग्न आवश्यक रहेको बताउनुभएको छ ।
आज बुधवार सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो । कर्मचारीतन्त्रले कसरी सेवा प्रवाहबाट देशलाई माथि उठाउने भन्नेबारेमा सोच्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले सरकारले चाहे चाँडै निजामती सेवा ऐन बन्ने बताउनुभयो । निजामती सेवा ऐन चाँडै बनाउनुपर्ने कुरा धेरै प्रदेशमा उठिरहेको भन्दै उहाँले सरकारले अहिले नै निजामती सेवा ऐन विधेयक राष्ट्रिय सभामा ल्याए नयाँ निर्वाचित प्रतिनिधि सभाको हिउँदे अधिवेशनबाट पास भइ ऐन बन्न सक्ने बताउनुभयो । सरकारले अहिले विधेयक पेस नगरेको खण्डमा भने अहिलेसम्मको मेहनत शून्यमा परिणत हुने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘निजामती सेवा ऐनको बारेमा धेरै प्रदेशमा कुरा उठिरहेको छ । विधेयक कानुनमा पुगेर अड्किएको छ । कानुनको नजरमा ठिक छ कि छैन भन्ने हेर्ने ठाउँमा महिना दिन अड्काएर हुन्छ ? राय दिएर पठाए हुँदैन । यत्तिकै संसद सकियो भने कसरी आउँछ ? मैले राष्ट्रिय सभामा संसद् चलेको बेला ल्याउनुस् भनेर मन्त्रीलाई भनेको छु । त्यसलाई छलफलको प्रक्रिया पु¥याएर विधायन व्यवस्थापन समितिमा पठाइदियौँ भने प्रतिनिधि सभाको चुनाव भएर नयाँ सरकार र नयाँ संसद् गठन हुने बेलासम्म राष्ट्रिय सभाले त्यसलाई पास गरेर राख्छ, नयाँ प्रतिनिधि सभा हुँदा हिउँदे अधिवेशनबाट पास भएर ऐन बन्छ । काम फुक्छ ।’
अध्यक्ष तिमिल्सिनाले कतिपय विधेयक मन्त्रालयपिच्छे परिमार्जित हुँदै जाँदा कुरुप बनिरहेको बताउनुभयो । मूल मर्म एकातिर बनाइ भएको विधेयकलाई झनै बङ्ग्याएर पठाउने समस्या नेपालमा विद्यमान रहेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।