मोदीको सुरक्षामा स्थानीय मुधोल हाउन्ड जातका कुकुर प्रयोग गरिने, ४ महिने तालिम सुरु

 भदौ ८, २०७९ बुधबार १६:३१:३७ | एजेन्सी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा स्वदेशी नस्लका मुधोल हाउन्ड कुकुर समावेश हुने भएका छन् । मोदीको सुरक्षा हेर्ने विशेष सुरक्षा समितिले स्थानीय जातको कुकुरलाई पनि सुरक्षामा समावेश गर्ने निर्णय गरेको बीबीसी हिन्दीले जनाएको छ ।

अहिले भारतीय प्रधानमन्त्रीको सुरक्षामा सुरक्षाकर्मीको विशेष युनिट, बम डिस्पाेजल टिम, क्विक रेस्पोन्स टिम लगायत सयौँ सुरक्षाकर्मी र तालिम प्राप्त विदेशी जातका कुकुर परिचालन भएका छन् । अब सुरक्षाकर्मीले भारतको कर्नाटकका स्थानीय मुधोल हाउन्ड जातको कुकुर पनि परिचालन गर्ने भएका हुन् । मोदीलाई सुरक्षा दिने कुकुरको चार महिने कडा तालिम पनि सुरु भएको छ ।

विशेषगरी छत्रपति शिवाजी महाराजको सेनामा यो मुधोल हाउन्डले ठूलो वीरता देखाएको थियो । तीव्र आँखा, बहादुरी र इमानदारिताको उत्कृष्ट उदाहरण मुधोल हाउन्ड भएको खबरमा उल्लेख छ । मुधोल सिकारी कुकुरहरू सामान्यतया अग्लो हुन्छन् । यी कुकुरहरू लामो र अग्लो शरीरका साथ धेरै फुर्तिलो हुन्छन् । मुधोल हाउन्ड कुकुर राम्रो प्रतिरक्षा प्रणालीका कारण कम थकित र कम बिरामी हुन्छन् । अन्य कुकुरहरूको तुलनामा यी कुकुरसँग गन्ध सुग्ने क्षमता कयौँ गुणा धेरै रहेको खबरमा उल्लेख छ । यस्तै याे कुकुरसँग कुनै पनि मौसममा काम गर्ने क्षमता छ । भारतमा मुधोल हाउन्डहरूले वायु सेना, अर्धसैनिक, डीआरडीओ र राज्य पुलिस बलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया