काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं – आउँदो कात्तिकमा दोस्रो हप्तादेखि पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा सहभागी टिम र मार्की खेलाडीको घोषणा गरिएको छ ।
आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले ६ टिम र मार्की खेलाडीको घोषणा गरेको हो ।
पोखरा प्रिमियर लिगमा विराटनगर टाइटन्स, चितवन राइनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र धनगढी ब्लूजले खेल्नेछन् ।
विराटनगर टाइटन्सको टिम मालिक पारस लुनिया र मार्की खेलाडी सन्दीप लामिछाने रहेका छन् ।
यस्तै चितवन राइनोजका टिम मालिक रेशम बोहरा र मार्की खेलाडी पारस खड्का, पोखरा पल्टनका टिम मालिक बिनायक पोखरेल र मार्की खेलाडी शरद भेषवाकर रहेका छन् ।
यस्तै बुटवल ब्लास्टरका टिम मालिक नरेश गौतम र मार्की खेलाडी सोमपाल कामी, काठमाडौं रोयल्सका टिम मालिक राज्यलक्ष्मी गोल्छा र मार्की खेलाडी ज्ञानेन्द्र मल्ल अनि धनगढी ब्लुजका टिम मालिक तोयानाथ अर्याल र मार्की खेलाडी दिपेन्द्र सिह ऐरी रहेका छन् ।
आयोजकले पीपीएल अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको हुने जानकारी दिए पनि रकम भने खुलाइएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।