नेपाल र बङ्लादेशबीच विद्युत् व्यापार सम्झौताको तयारी

 भदौ ९, २०७९ बिहिबार ७:३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल र बङ्लादेशबीच विद्युत् व्यापार सम्झौताको तयारी भएको छ । दुई देशबीच हिजो काठमाण्डौमा भएको ऊर्जा सहसचिवस्तरीय बैठकमा विद्युत् व्यापार सम्झौता गर्ने सहमति भएको छ ।

आज बस्ने दुई देशको सचिवस्तरीय बैठकले अन्तिम रुप दिएपछि सम्झौताको प्रक्रिया अघि बढ्नेछ । बङ्लादेशले अहिले चर्को ऊर्जा सङ्कट भोगिरहेको छ । बङ्लादेशसँग विद्युत् व्यापारका लागि भारतीय भूमि प्रयोग गर्नुपर्ने भएकाले भारतको सहमति खोज्ने तयारी छ ।

नेपाल र बङ्लादेशबीच विद्युत् व्यापारका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरण, पावर ग्रीड कर्पोरेशन अफ इन्डिया र पावर सिस्टम अपरेटर कर्पाेरेशनसँग अनुमति चाहिन्छ । सहसचिवस्तरीय बैठकमा सुनकोसी-३ जलविद्युत् आयोजना संयुक्त रुपमा कम्पनी खडा गरेर बनाउने विषयमा पनि छलफल भएको छ । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया