स्वतन्त्रता दिवसकाे दिन रुसद्वारा युक्रेनमा रकेट आक्रमण, २२ जनाको ज्यान गयो

 भदौ ९, २०७९ बिहीबार ८:४७:५० | एजेन्सी
unn.prixa.net

तस्बिर : बीबीसी

रुसले युक्रेनको रेल स्टेशनमा गरेको रकेट आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेको ६ महिना पूरा भएको तथा स्वतन्त्रता दिवसको दिन हिजो घटना भएको हो ।

घटनामा केही घाइते भएका बीबीसीले जनाएको छ । पूर्वी सहर च्याप्लिनमा भएको आक्रमणका पाँच जनाको गाडीभित्रै जलेर ज्यान गएको छ । एक ११ वर्षका बालकले पनि ज्यान गुमाएका छन् ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्को बैठकमा आक्रमणबारे जानकारी दिनुभएको छ । उहाँले आक्रमणमा परि ५० जना घाइते भएको पनि बताउनुभएको छ । यसबारेमा रुसले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । रुसले आफूहरूले नागरिक तथा पूर्वाधारलाई लक्षित गरी आक्रमण नगरेको बताउँदै आएको छ । युक्रेनले हिजो आफ्नो स्वतन्त्रता दिवस मनाएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन समर्थन जनाउन किएभमा उपस्थित हुनुभएको थियो । उहाँले नयाँ सैन्य सहायता अन्तर्गत झन्डै ६४ मिलियन डलर उपलब्ध गराउने घोषणा गरेको पनि खबरमा उल्लेख छ ।

त्यस्तै अस्ट्रेलिया, जर्मनी, फिनल्यान्ड, पोल्यान्ड, टर्की र अन्य देशहरूले पनि युक्रेनको समर्थनमा सन्देश पठाएका थिए ।
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया