सत्ता गठबन्धनलाई सिट बाँडफाँट टुङ्ग्याउन मुस्किल

 भदौ ९, २०७९ बिहीबार १३:५५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - आउँदो चुनावमा गठबन्धन गर्ने निर्णय गरेको सत्ता गठबन्धनलाई सिट बाँडफाँट गर्न मुस्किल हुने देखिएको छ ।

गठबन्धनले बनाएको ११ सदस्यीय कार्यदलले सिट बाँडफाँटको टुङ्गो लगाउन नसकेपछि आज शीर्ष नेताहरु बैठक बसेको थियो । तर शीर्ष नेताहरुको बैठक पनि बिना निष्कर्ष टुङ्गिएको छ ।

बैठकमा सामान्य छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको एक नेताले जानकारी दिए । अब कार्यदलको बैठकमै थप पहल गर्ने र शीर्ष नेताहरुको बैठक बस्ने सहमति भएको छ । शीर्ष नेताको बैठकले अघिल्लो संसदीय चुनाव र गएको वैशाखमा भएको पालिका चुनावको जिल्लागत प्रतिवेदन पेस गर्न पनि कार्यदललाई निर्देशन दिएको छ ।

एक नेताका अनुसार बैठकमा नेपाली कांग्रेसले १ सय सिटमा दाबी गरेको छ भने माओवादी केन्द्रले ६० सिटमा दाबी गरेको छ । आजको बैठकमा कांग्रेसका महामन्त्री गगन थापाले १ सय सिट कांग्रेसले पाउनुपर्ने दाबी गर्नुभएको छ । तर प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले ८० देखि ९० सिटसम्म दाबी गर्ने हिसाबले कुरा गरेको स्रोतले जनाएको छ ।

एमालेले जितेको ठाउँमा स्वतः सम्बन्धित दलले नै टिकट पाउने र माओवादीले जितेको ठाउँमा भागबण्डा गर्नुपर्ने मागलाई दोस्रो विकल्पका रुपमा अघि सारेको छ । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया