राजू श्रीवास्तव १५ दिनपछि हाेसमा आए

 भदौ ९, २०७९ बिहिबार १५:०:३४ | एजेन्सी
unn.prixa.net

भारतका चर्चित कमेडियन राजू श्रीवास्तव १५ दिनपछि हाेसमा आएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

राजू श्रीवास्तववकाे दिल्लीकाे एम्स अस्पतालमा उपचार भइरहेकाे छ । उनकाे स्वास्थ्यमा सुधार भइरहे पनि डाक्टरकाे निगरानीमा राखिएकाे बीबीसी हिन्दीले जनाएकाे छ । राजू श्रीवास्तवका निजी सचिव गर्वित नारंगले उनकाे स्वास्थ्यमा सुधार भइरहेकाे समाचार एजेन्सी एएनआईलाई बताएका छन् । 

राजू श्रीवास्तवलाई गएकाे अगस्ट १० मा दिल्लीकाे एम्समा भर्ना गरिएकाे थियाे । जिममा कसरत गरिरहेका बेला छाती दुखेपछि उनी त्यही ढलेका थिए । 

कानपुरमा एक कविकाे घरमा जन्मिएका राजू श्रीवास्तवलाई मानिसहरू उनकाे जमिनसँग जाेडिएकाे हास्य र उनकाे भूमिका 'गजाेधर' लाई लिएर चिन्छन् । 

राजू श्रीवास्तवले कैयाैँ चलचित्र र धारावाहिकमा हास्य कलाकार रूपमा काम गरिसकेका छन् । 'ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज' बाट चर्चामा आएका उनले 'कमेडी सर्कस' र 'लाफ इन्डिया लाफ' बाट पनि मानिसहरूलाई हँसाएका छन् । 

सन् २०१४ मा उनी भारतीय जनता पार्टी प्रवेश गरेका थिए । तत्कालीन भाजपा अध्यक्ष राजनाथ सिंहकाे उपस्थितिमा उनले पार्टी प्रवेश गरेका थिए । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया