ताइवानको रक्षा बजेटमा कीर्तिमानी वृद्धि, नयाँ लडाकु विमान र अत्याधुनिक मिसाइल किन्ने

 भदौ ९, २०७९ बिहीबार १५:१०:४१ | एजेन्सी
unn.prixa.net

तस्बिर : अलजजिरा

ताइवानले आफ्नो रक्षा बजेटमा कीर्तिमानी वृद्धि गर्ने घोषणा गरेको छ । यस महिनाको सुरुमा चीनले ठूलो सैन्य अभ्यास गरेपछि दुई देशबीचको तनाव बढेको सन्दर्भमा ताइवानले अहिलेसम्मकै ठूलो रक्षा बजेट ल्याउने घोषणा गरेको हो ।

ताइवानले यो वर्ष रक्षा बजेट १३ प्रतिशतले बढाएर १३ दशमलव ७ बिलियन डलर पुर्‍याउने घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ । बजेटलाई संसदले अनुमोदन गर्न बाँकी छ । ताइवानले नयाँ लडाकु विमान, नौसेनाका लागि पनडुब्बी, अत्याधुनिक मिसाइल र वायु सेनाको क्षमता बढाउने कार्यक्रम ल्याएको छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि रुष्ट बनेको चीनले यसै महिनाको सुरुमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरेको छ भने ताइवानले आफ्नो भूमि भएकाले त्यसलाई प्राप्त गर्न सैन्य कारबाही पनि हुन सक्ने चेतावनी दिइरहेको छ । युद्ध भएमा चीनसँग लड्न तयार रहेको जवाफ दिँदै आएको ताइवानलाई अमेरिकाले ठूलो मात्रामा सैन्य सामग्रीको सहयोग गर्दै आएको छ भने हतियार पनि बेच्ने गर्दछ ।

ताइवानमा अमेरिकी प्रभाव कम गर्न र आफ्नो भूमि भनेर गरिने दाबीलाई थप बलियो बनाउन चीनले बेला–बेला ताइवानकै भूमि नजिक पुगेर सैन्य अभ्यास गर्दै आएको छ । गएको वर्ष नाै सय ७० पटक चिनियाँ विमान ताइवानको वायु क्षेत्रमा प्रवेश गरेका थिए । तर यो वर्ष आठ महिनामै नाै सय ८० पटक चिनियाँ विमान ताइवानको वायु क्षेत्रमा प्रवेश गरिसकेका छन् ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया