इन्डो–नेपाल भलिबलमा एपीएफले गलकाेटलाई हरायाे
पुस १९, २०८१ शुक्रबार
काठमाण्डाै – निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा (सङ्घीय) चुनावमा ८७ वटा र प्रदेश सभामा ७५ वटा राजनीतिक दलले भाग लिने जनाएको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा चुनावमा भाग लिनका लागि ८७ वटा दल दर्ता भएको जनाएको हो । त्यसमध्ये एकल रूपमा सहभागी हुने दलको सङ्ख्या ७५ रहेको आयोगले जनाएको छ । त्यस्तै संयुक्त समूहमा सहभागी हुने दलको सङ्ख्या चार वटा रहेको छ ।
यस्तै निर्वाचन आयोगले प्रतिनिधि सभा चुनावमा लागि ७९ वटा चुनाव चिह्न रहेको जनाएको छ । त्यस्तै प्रदेशतर्फ जम्मा मधेस प्रदेशमा सबैभन्दा धेरै ७५ वटा दल सहभागी हुने भएका छन् । बाग्मती प्रदेश सभा चुनावमा ७२ दलले भाग लिनेछन् । त्यसैगरी प्रदेश १ मा ७०, गण्डकीमा ६६, लुम्बिनीमा ६८, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६४/६४ वटा दल सहभागी हुने भएका छन् । प्रदेशतर्फ पनि संयुक्त समूहमा सहभागी हुने दलको सङ्ख्या चार/चार वटा रहेको आयोगले जनाएको छ ।
यस्तै निर्वाचन आयोगले राष्ट्रिय यथार्थjfदी पार्टी नेपाललाई मोटरसाइकल, सामाजिक लोकतान्त्रिक पार्टीलाई तीन ढुङ्गे अगेनो र त्रिमूल नेपाललाई ओदान चिह्न प्रदान गरेको छ । दर्ता भएका राजनीकि दलमध्ये चुनाव हुनुभन्दा अगाडि कायम रहेको प्रतिनिधि सभा, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलले त्यस्तो प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याका आधारमा र प्रतिनिधित्व नगर्ने दलको हकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव २०७९ को प्रयोजनाका लागि अयोगमा दल दर्ता भएको क्रमको आधारमा चुनाव चिह्न मतपत्रमा समावेश गर्ने र यसरी निर्धारण गरिएका चुनाव चिह्न नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।