एसएस फाउण्डेशनले फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मा...
कात्तिक १६, २०८१ शुक्रबार
बलिउडका महानायक अमिताभ बच्चनका छोरा अनिभेता अभिषेक बच्चनद्वारा अभिनित फिल्म ‘मनमर्जियाँ’ केही दिनअघि रिलिज भएको थियो ।
अभिषेकले २ वर्षपछि ‘मनमर्जियाँ’ बाट बलिउडमा कमब्याक गरेका हुन । तर फिल्मले बक्स अफिसमा अपेक्षा गरे अनुरुपको व्यापार गर्न सकेन ।
फिल्म फ्लप भएलगत्तै सामाजिक सञ्जालमा अभिषेकलाई ट्रोल गर्न सुरु गरिएको छ ।
ट्वीटरमा एक यूजरले अभिषेकको खिल्ली उडाउँदै लेखे, ‘मनमर्जियाँ’ फ्लप भएको छ । यस पटक फेरि अभिषेक बच्चनले आफू राम्रोभन्दा राम्रो फिल्मलाई पनि फ्लप बनाउन निकै अब्बल छन् भन्ने देखाइदिएका छन् । नातावादको अत्यको समय आइसकेको छ । अब समय आइसकेको छ कि स्टार का स्टार किडहरुले ठेलामा बडापाव बेच्न सुरु गर्नुपर्छ । सुपर हिट फिल्म ‘स्त्री’ ले सहि क्षमताको प्रमाण दिएको छ ।’
With all due respect kind sir, I would expect an esteemed doctor such as yourself to study all the facts and figures before proclaiming anything. I certainly hope you do so with your patients. Learn the economics of the film before you tweet something that will embarrass you. 🙏
— Abhishek Bachchan (@juniorbachchan) September 26, 2018
यो सब कुरा देखिसकेपछि अभिनेता अभिषेकले पनि ती व्यक्तिलाई कडा जवाफ फर्काएका छन् । उनले लेखेका छन्, ‘म सम्मानका साथ तपार्इंलाई भन्न चाहन्छु कि यस किसिमको कमेन्ट गर्नुअघि तपार्इंजस्ता ठूला डाक्टरले सत्य तथ्यलाई राम्ररी पढेर मात्रै लेख्नुपथ्र्यो । म आशा गर्छु कि तपाई आफ्ना बिरामीहरुको उपचार गर्नुअघि पनि यही गर्नुहुन्थ्यो होला । तपाईले यो ट्वीट गरेर आफ्नो बेइज्जत गर्नुअघि फिल्मको इकोनोमी राम्ररी बुझ्नु आवश्यक छ ।’
With all due respect kind sir, I would expect an esteemed doctor such as yourself to study all the facts and figures before proclaiming anything. I certainly hope you do so with your patients. Learn the economics of the film before you tweet something that will embarrass you. 🙏
— Abhishek Bachchan (@juniorbachchan) September 26, 2018
अभिषेकलाई यसरी ट्रोल गर्ने व्यक्ति एक डाक्टर हुन । अभिषेकले फेरि अर्को ट्वीट गर्दै लेखे, ‘म तपाईंको जानकारीका लागि यो भन्न चाहन्छु (विश्वास छ यस कुरामा बडापाव व्यापारी पनि सहमत हुनुहुन्छ) ठेलामा बडापाव बेच्ने व्यक्तिहरुको पनि आफ्नो इज्जत हुन्छ । यसलाई श्रमप्रतिको सम्मान पनि भनिन्छ । तपाईं यसरी अरुको पेशाको बेइज्जत गर्ने कोशिश नगर्नुहोस् । हामी सबै आफ्नो ठाउँमा राम्रो काम गरिरहेका छौं । ’
And for your kind information ( and I'm sure all vada pav stall owners will agree) there is great dignity in owning and running a vada pav stall. It's called dignity of labour. Try not to be so patronising about another professional. We are all doing our best.
— Abhishek Bachchan (@juniorbachchan) September 26, 2018
अभिषेक यति कुरा भनेर चुप लागेन् । उनले तेस्रो ट्वीट गर्दै भने, ‘र अन्त्यमा भन्न चाहन्छु, फिल्म ‘स्त्री’ मा दर्शकलाई भरपूर मनोरञ्जन गराइरहेका कलाकार मध्यकी एक स्टार किड नै हुन । तपाईँको दिन शुभ रहोस् । र आशा छ, अब तपाईँ फिल्म समीक्षक बन्ने कोशिश छोडेर एक असल डाक्टर बन्नका लागि मेहनत गर्नुहुनेछ ।’
And to end with.... One of the actors in the immensely entertaining Stree happens to be a "star kid". Have a good day and here's hoping you spend more time on being the best doctor you can be instead of trying to be and industry analyst! Coz as you said #TalentCounts
— Abhishek Bachchan (@juniorbachchan) September 26, 2018
अभिषेक बच्चनलाई फिल्ममा अभिनय छोड्न भन्दै ट्रोल गर्ने ती व्यक्तिलाई अभिषेकले आफ्नो कडा जवाफले चुप लगाइदिएका छन् । साथै उनले दिएको जवाफप्रति धेरैले सकारात्मक प्रतिक्रिया जनाइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Naresh Yadav.
Sept. 27, 2018, 7:55 p.m.I want to give full support on the comment of juniorbachan ji. We all have to only concentrate on our work as duty and safe from -Ve view or demotive comment. Thanks