आशा गरिएका दुई चलचित्र 'प्रकाश' र 'राधा' आजदेखि हलमा

 भदौ १०, २०७९ शुक्रबार १५:५९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली चलचित्र उद्योगले आशा गरेका दुई चलचित्र 'प्रकाश' र 'राधा' आजदेखि प्रदर्शनमा आएका छन् । दिनेश राउतको निर्देशनमा रहेको ’प्रकाश’ र सुवर्ण थापाद्वारा निर्देशित 'राधा' आजदेखि प्रदर्शनमा आएका हुन्। 

नेपाली समाजको यथार्थतालाई देखाउन खाेजिएकाे याे चलचित्र जुम्लामा छायाङ्कन गरिएको हो । जुम्लाको गरिब परिवारमा हुर्किएको एक व्यक्तिले शिक्षक बन्नका लागि गरेको सङ्घर्षसँग जोडिएको कथावस्तु याे चलचित्रमा समेटिएको छ।

चलचित्र प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडालगायतको अभिनय रहेकाे छ । 

यस्तै आजैबाट अर्को नेपाली चलचित्र ‘द सिक्रेट्स अफ राधा’ प्रदर्शनमा आएको छ ।

चलचित्रमा सृष्टि श्रेष्ठ र सौगात मल्लसँगै दिव्य देभ, खगेन्द्र लामिछाने, दयाहाङ राई, मेनुका प्रधान, बुद्धि तामाङ, निश्चल बस्नेतलगायतको अभिनय छ । यो चलचित्र आफ्नो श्रीमानको पर्खाइमा रहेकी एक पत्नीको कथामा आधारित रहेको छ । 

दुई नेपाली चलचित्र सँगै भारतीय चलचित्र 'लाइगर' पनि आजदेखि प्रदर्शनमा आएको छ। 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया