एसएस फाउण्डेशनले फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडाैं - अन्य चलचित्रहरुबाट खासै चल्न नसकेका नायक आकाश श्रेष्ठलाई दर्शकलेसुदर्शन थापा निर्देशित चलचित्र रामकाहानीमा भने राम्रै रुचाए ।
चलचित्रले औसत व्यापार गरे पनि उनको अभिनयको भने खुलेर तारिफ भएको थियो । उनै आकाशले अभिनय गरेको चलचित्र हो ‘ड्रिम गर्ल’।
चलचित्र असोज १९ गते रिलिज गर्ने पक्का भइसकेको थियो । तर चलचित्र रिलिजको अन्तिम समयमा आएर निर्माण टिमले चलचित्रको रिलिज डेट सारेको छ ।
अब आकाशको चलचित्र पर्खिएर बसेका दर्शकहरुले उनले अभिनय गरेको चलचित्र ‘ड्रिम गर्ल’ हेर्न मंसिर ७ गतेसम्म पर्खिनुपर्ने भएको छ ।
यसअघि पनि चलचित्र युनिटले असार २६ गतेबाट सारेर असोज १९ गते पुर्याएको थियो ।
उनी अभिनित चलचित्र रामकहानीको प्रदर्शन केही हप्ताअघि मात्र भएको र तत्कालै अर्को चलचित्र रिलिज गर्दा व्यापारमा उतार चढाव हुनसक्ने कुरालाई मध्यनजर गर्दै रिलिज डेट सारिएको निर्माण टिमले बताएको छ ।
तर मंसिर ७ गते भने जस्तै समस्या भए पनि चलचित्र रिलिज गर्ने बताइएको छ । चलचित्र ‘ड्रिम गर्ल’ मा आकाशको अपोजिटमा आश्मा गिरीको अभिनय रहेको छ ।
आकाश र आश्माबाहेक चलचित्रमा विल्सनविक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतको मूख्य भूमिका देख्न सकिन्छ ।
राहुल राईले खिचेको चलचित्रमा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ ।
चलचित्रका सम्पादक नवीन निरौला हुन् । ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र अर्जुन शर्मा, ऋषिराज आचार्य र रामेश्वर घितालले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
आरबि मुभीजको ब्यानरमा बनेको चलचित्र काठमाडौ, मुस्ताङ तथा थाइल्याण्डमा खिचिएकोहो ।
– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।