अर्को शताब्दीसम्ममा पृथ्वीको उष्णकटिबन्धीय क्षेत्र खतरनाक तापक्रमको चपेटामा पर्ने चेतावनी

 भदौ ११, २०७९ शनिबार ८:४६:२१ | एजेन्सी
unn.prixa.net

सन् २१०० सम्ममा पृथ्वीको उष्णकटिबन्धीय क्षेत्र खतरनाक तापक्रमको चपेटामा पर्ने एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

तातो भइरहने क्षेत्र मानिने उष्णकटिबन्धीय क्षेत्रका लाखौँ मानिसले वर्षको आधा अवधिसम्म नै चर्को गर्मीको सामना गर्नुपर्ने अनुसन्धानकर्ताले चेतावनी दिएका छन् ।

हार्वर्ड युनिभर्सिटीका प्रमुख लेखक लुकास भार्गास जेपेटेलोका अनुसार विश्वले एकसाथ कार्बन उत्सर्जन घटाउनेतर्फ काम गर्न नसक्ने हो भने अर्बौँको सङ्ख्यामा मानिसहरु खतरनाक तापक्रमको चपेटामा पर्नेछन् ।

जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी हुन थालेको र यसले मानव स्वास्थ्य, वन्यजन्तु र बालीनालीको उत्पादनलाई अहिलेदेखि नै खतरामा पारिरहेको अध्ययनको निष्कर्ष छ । अफ्रिका र भारत विशेष गरी जोखिममा रहेको पाइएको प्रतिवेदनलाई उल्लेख गरी समाचार संस्था एएफपीले जनाएको छ ।

‘कम्युनिकेशन अर्थ एन्ड इन्भाइरोमेन्ट जर्नल’ मा प्रकाशित अध्ययन प्रतिवेदनमामा अनुसन्धानकर्ताहरूले खतरनाक गर्मी र आर्द्रताकाे सम्भावित जोखिमको समेत अनुमान गरेका छन् । उनीहरुले ३९ दशमलव ४ डिग्री सेल्सियस तापक्रमलाई ‘खतरा’ भनेका छन् ।

त्यस्तै ५१ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमलाई ‘अत्यन्तै खतरनाक’ र मानिसका लागि पूर्ण रूपमा असुरक्षित मानिएको छ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया