झापा कपको अन्तिम क्वाटरफाइनलमा आज एनआरटी र चित्लाङ फुटबल क्ल...
पुस ४, २०८१ बिहिबार
काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षा गर्ने भरपर्दो सुरक्षाकर्मीको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
त्रिविले विज्ञप्ति निकालेर विश्वविद्यालयलाई नै बन्धक बनाउने गरी हुलहुज्जत र तालाबन्दी गर्ने समूहमा आबद्ध व्यक्तिलाई कारबाही गर्नुको साथै कार्यालय परिसरमा सुरक्षाकर्मीको माग गरेको हो ।
विद्यार्थीको केही समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, विश्वविद्यालयको दैनिक काम कारबाही गर्दा बारम्बार कार्यालयमा जबरजस्ती प्रवेश गरी अवरोध सृजना गर्ने, पदाधिकारीको कार्यकक्षमा जबरजस्ती प्रवेश गर्ने तथा तोडफोड गर्ने जस्ता कार्यहरू बारम्बार हुने गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
त्रिभुवन विश्वविद्यालय परिसरमा बसी छलफल गर्न सुरक्षाको दृष्टिले असहज परिस्थिति सिर्जना भइ छलफल तथा विश्वविद्यालयसँग सम्बन्धित विषयमा निर्णय गर्न त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठक जमलमा रहेको एक होटलमा बस्ने क्रममा पनि एउटा समूह जबरजस्ती बैठकमा पसी अभद्र व्यवहार गर्नुको साथै महत्त्वपूर्ण कागजात लुट्ने कार्य भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Tej Raj Shakya
Aug. 27, 2022, 9:34 p.m.याे कसताे अवस्था ? याे कसताे व्यवस्था ? विद्यार्थी देखि शिक्षक डराउनु पर्ने । विश्वविद्यालयकाे साँचाे विद्यार्थीकाे हातमा पर्ने । विद्यार्थीसंग डराएर सरकारसंग सुरक्षा माग्नु पर्ने ।