ए डिभिजन लिग नजिकिँदै, मोफसलको प्रतियोगिताको वर्गीकरण अन्तिम चरणमा

 असोज ११, २०७५ बिहीबार १८:१८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - अखिल नेपाल फुटबल संघ एन्फाले मोफसलको प्रतियोगिताको वर्गीकरणलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

दशैंतिहारलगत्तै काठमाडौं बाहिरका जिल्लाहरुमा सुरु हुने सहिद स्मारक ए डिभिजन लिगकाे नकआउट प्रतियोगितालाई व्यवस्थित गर्न एन्फाले प्राविधिक निर्देशक कृष्ण थापालाई जिम्मेवारी दिएको छ । प्राविधिक निर्देशक थापाले केही समयमा नै यसलाई अन्तिम चरणमा पुर्‍याउने र त्यसपछि मात्र मोफसलका प्रतियोगिताहरुलाई क्यालेन्डरमा समावेश गरिने एन्फा महासचिव इन्द्रमान तुलाधरले बताउनुभयाे ।

सहिद स्मारक ए डिभिजन लिग आउँदाे पुससम्म सञ्चालन हुनेछ । त्यसबीचमा विभिन्न जिल्लाहरुमा नकआउट प्रतियोगिता हुनेछन् । ती प्रतियोगिताहरुलाई वर्गीकरण गरेर महत्वको आधारमा क्लबहरुलाई सहभागिता गराउने एन्फाले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया