अमेरिकाका २ वटा युद्धपोत ताइवानको जलक्षेत्रमा, चीन भन्छ– ‘निगरानीसहित उच्च सतर्कता अपनाएका छाैँ’

 भदौ १२, २०७९ आइतबार १५:८:१२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाका दुई वटा युद्धपोत ताइवान स्ट्रेट हुँदै अगाडि बढिरहेका अमेरिकी नौसेनाले जनाएको छ । अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि उत्पन्न तनावमाझ अमेरिकाकाे यो पहिलो अभ्यास हो । पेलोसीको भ्रमणपछि चीनले सैन्य अभ्यास गरेको जलक्षेत्रमा अमेरिकाका युद्धपोत अघि बढिरहेका बीबीसीले जनाएको छ ।  

अमेरिकाका ती दुई गाइडेड मिसाइल क्रुजरहरूले अन्तर्राष्ट्रिय जलक्षेत्रमा स्वतन्त्र रूपमा आउजाउ गर्न पाउने अधिकार प्रयोग गरिरहेका अमेरिकी नौसेनाले जनाएको छ । त्यो जलमार्गमा पछिल्ला वर्षहरूमा अमेरिका र अरू पश्चिमा नौसेनाले नियमित रूपमा आउजाउ गर्ने गरेका छन् । ताइवान टापुलाई चिनियाँ भू–भागको अभिन्न अङ्ग मान्दै आएको चीनले भने त्यस्ता कार्यलाई उक्साहटपूर्ण ठान्छ ।

यसैबीच चिनियाँ सेनाले ती दुई युद्धपोतको यात्रालाई निगरानी गर्दै उच्च सतर्कता कायम गरेको बताएकाे रोयटर्सले जनाएको छ । ताइवानको रक्षा मन्त्रालयले ती पानीजहाजहरू दक्षिणी दिशामा रहेकाे र आफ्ना फौजले त्यसलाई निगरानी गरिरहेको बताएको छ । ताइवानको विषयलाई लिएर पछिल्लो समय अमेरिका र चीनबीच विवाद बढिरहेको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया