३७ सय किलाे विस्फाेटक पदार्थ प्रयाेग गरेर भत्काइयाे नाेयडाका 'ट्विन टावर'

 भदौ १२, २०७९ आइतबार १६:३०:० | एजेन्सी
unn.prixa.net

भारतकाे नाेयडाकाे सेक्टर ९३ ए मा रहेकाे अवैध रूपमा बनाइएकाे विवादास्पद ट्विन टावर भत्काइएकाे छ । झन्डै ३७ सय किलाे विस्पाेटक पदार्थ प्रयाेग गरेर ९ सेकेन्डमै ट्विन टावर भत्काइएकाे बीबीसी हिन्दीले जनाएकाे छ । 

एपेक्स र केएन नाम गरेकाे टावरलाई सुपरटेक बिल्डरले बनाएकाे थियाे । ३० तले यी भवनलाई ट्विन टावर भनिन्थ्याे । यसकाे उचाइ तीन सय २० फिटभन्दा धेरै थियाे । 

यी भवन भारतमा भत्काइएकाे सबैभन्दा ठूलाे भवन थियाे । याे नाेयडाकाे बाक्लाे बस्ती रहेकाे क्षेत्रमा थियाे । 

सावधानी अपनाउँदै यी भवन नजिककाे समुदायमा रहने मानिसलाई घरबाट खाली गराइएकाे थियाे । 

नोयडा अथाेरिटीका अनुसार यी टावर भत्काइएपछि पर्यावरण संरक्षणकाे उद्देश्यबाट प्रभावित क्षेत्रहरूमा सडक, फुटपाथ, रुखबिरुवाकाे सफाइका लागि पानी ट्याङ्कर, मेकानिकल स्वीपिङ मेशिन र सफाइ कर्मचारी खटाइएकाे छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया