जबरामाथि लगाइएको महाअभियोगबारे नेपाल बार र सर्वोच्च अदालत बारद्वारा प्रमाण पेस

 भदौ १२, २०७९ आइतबार २०:२८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाइएको महाअभियोगको आरोप पुष्टि हुने आधारसहित नेपाल बार एसाेसिएशन र सर्वोच्च अदालत बार एसाेसिएशनले उपलब्ध प्रमाणहरू महाअभियोग सिफारिस समितिमा बुझाएका छन् । 

आज आइतवार दिउँसाे संसद् सचिवालयमा पुगेर नेपाल बार एसाेसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे र सर्वोच्च अदालत बार एसाेसिएशनका अध्यक्ष पूर्णमान शाक्य नेतृत्वको टोलीले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध लगाइको महाअभियोग सिफारिस समितिले प्रमाण पेस गर्न दिएको समयभित्रै उपलब्ध प्रमाणहरू पेस गरेको हो । महाअभियोग सिफारिस समितिले यही भदाै १० गते शुक्रवार तीन दिनभित्र महाअभियाेगकाे प्रमाणहरू पेस गर्न नेपाल बार र सर्वोच्च बारलाई पत्राचार गरेको थियो । 

आज आइतवार आफूसँग उपलब्ध महाअभियाेगसम्बन्धी प्रमाणहरू लिखित रूपमा बुझाइएको नेपाल बार एसाेसिएशनका अध्यक्ष घिमिरेले बताउनुभयो । उहाँले आफूहरूले बुझाएको प्रमाणलाई गम्भीरतापूर्वक लिइ महाअभियोग प्रस्ताव पारित गर्न पनि महाअभियोग सिफारिस समितिलाई आग्रह गर्नुभयो । 

सर्वोच्च अदालत बार एसाेसिएशनले भने महाअभियोग प्रस्तावबारे वरिष्ठ कानुन व्यवसायीहरूको पनि राय लिन महाअभियोग सिफारिस समितिलाई आग्रह गरेको छ । एसाेसिएशनका अध्यक्ष शाक्यले वरिष्ठ कानुन व्यवसायीहरूको पनि राय लिएर महाअभियोगबारे आवश्यक निर्णयमा पुग्न पनि समितिलाई आफूहरूले आग्रह गरेको बताउनुभयो । 

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरामाथि यही भदौ १५ गते बयान लिँदैछ । उहाँविरुद्ध गएकाे फागुन १ गते सत्तारूढ दलका सांसदहरूले महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया