बाढीले धेरै जनधनको क्षति गरेपछि अन्तर्राष्ट्रिय सहयोगका लागि पाकिस्तानको अपिल

 भदौ १३, २०७९ सोमबार ७:३४:५७ | एजेन्सी
unn.prixa.net

बाढीले धेरै जनधनको क्षति गरेपछि पाकिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको  छ ।

अमेरिका, बेलायत, संयुक्त अरब एमिरेट्स र अरू देशहरूले सहयोग उपलब्ध गराउँदै आए पनि अझै धेरै सहयोगको आवश्यकता रहेको पाकिस्तानले बताएको बीबीसीले जनाएको छ ।

यो वर्ष जुनयता धेरै पानी परेर आएको बाढीका कारण पाकिस्तानमा ज्यान गुमाउनेको सङ्ख्या १ हजार ३३ जना पुगेको छ । भने दशौँ हजार विस्थापित भएका त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन निकायले जनाएको छ। देशको उत्तरपश्चिममा पर्ने खैबर पक्तुन्वा प्रान्तमा नदीका तटबन्धहरू भत्किएपछि ठूला बाढी आउँदा कयौँ मानिस विस्थापित भएका छन् ।

बाढीले विस्थापित भएकाहरु राहतको पर्खाइमा छन् । बाढी  प्रभावितका लागि आफूले सक्दो सहयोग गरिरहेको पाकिस्तान सरकारले जनाएको छ । दक्षिण पूर्वमा अवस्थित सिन्ध प्रान्तमा पनि हजारौँ मानिसहरू विस्थापित भएका छन् ।

आर्थिक समस्यासँग जुधिरहेको पाकिस्तानमा  विपत्तिले झनै समस्या निम्त्याएको छ । पाकिस्तानमा हरेक वर्ष बाढीको जोखिम हुने गरेको भए पनि यसपालि फरक खालको वर्षा भएकाले धेरै जनधनको नोक्सानी भएको मौसमविद्हरुले बताएका छन् । 

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया