प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि थप १५ हजार म्यादी प्रहरी भर्ना गरिने

 भदौ १३, २०७९ सोमबार ८:३८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - सरकारले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि थप १५ हजार जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेकाे छ । 

आउँदो चुनावमा मतदानस्थल र मतदाता सङ्ख्या बढ्ने भएकाले पालिकाको चुनावमा भन्दा धेरै म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । गएको  वैशाख ३० गते भएको पालिकाको चुनावमा एक लाख जना म्यादी प्रहरी भर्ना भएका थिए ।

नेपाल प्रहरीले  प्रदेश र प्रतिनिधि सभाको चुनावमा १ लाख २० हजार  जना म्यादी प्रहरी भर्नाको प्रस्ताव गरेको भए पनि  अर्थ मन्त्रालयले पाँच हजार घटाएर बजेटको सुनिश्चितता गरेको हो ।

सुरक्षा निकायलाई बजेट तय गरी अर्थले त्यससम्बन्धी पत्र हिजो गृह मन्त्रालयमा पठाएको छ । जसअनुसार १ लाख १५ हजार म्यादी प्रहरी ४० दिन खटिँदा लाग्ने झण्डै ६ अर्ब रुपैयाँ बजेटको सुनिश्चितता दिइएको छ ।

चुनावी सुरक्षाका लागि अर्थ मन्त्रालयबाट बजेटको सुनिश्चितता आएको र त्यसले सुरक्षा योजना बनाउन सहज हुने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो । यस्तै म्यादी प्रहरीको सङ्ख्या जस्तै चुनावमा खटिने प्रहरीको सङ्ख्या पनि यसपटक धेरै हुनेछ ।

यसपटक सरकारी कर्मचारी तथा कैदीले पनि मतदान गर्न पाउने भएकाले मतदानस्थल र मतदान केन्द्र बढ्ने निर्वाचन आयोगले जनाएको छ ।  पालिकाको चुनावमा ६२ हजार प्रहरी खटिएकोमा यसपटक ७२ हजार प्रत्यक्ष खटिने निर्वाचन आयोगले जनाएको छ । 

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया