शेयर बजार सामान्य बढ्याे, १ अर्ब २६ कराेड रुपैयाँकाे काराेबार

 भदौ १३, २०७९ सोमबार १५:१७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज साेमवार सामान्य बढेको छ । लगातार घटिरहेको शेयर बजार आज भने सामान्य सुधार भएको हो ।

आज नेप्से तीन दशमलव ७६ अङ्कले बढेर एक हजार नौ सय ९३ दशमलव ०२ विन्दुमा पुगेको छ । आज जीवन बीमा र उत्पादन समूहको शेयर ४० अङ्कभन्दा धेरै बढेको छ । बैंक, माइक्रोफाइनान्स, लगानी र म्यचल फन्ड समूहको शेयर भने घटेको छ ।

आज दुई सय २२ वटा कम्पनीको ३४ लाख ४० हजार कित्ता शेयर एक अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको ११ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

नेप्से सामान्य बढेकाे दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि  रुरु जलविद्युत् कम्पनीको शेयर झन्डै ६ प्रतिशतले घट्यो । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया