विगतको खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिजसँगको श्रृङ्खला खेल्छौ...
बैशाख १५, २०८१ शनिबार
सुर्खेत – कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्री रातो कामीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज साेमवार मन्त्री बनेका शाह र कामीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराउनुभएको हो ।
माओवादी केन्द्रले सरकारमा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएर शाह र कामीलाई पठाएको हो । योजना मन्त्री शाह जाजरकोट र ऊर्जा विकास मन्त्री कामी रुकुम पश्चिमबाट निर्वाचित प्रदेश सभा सदस्यसमेत हुनुहुन्छ ।
माओवादी केन्द्रका ११ जना प्रदेश सभा सदस्यमध्ये मुख्यमन्त्रीसहित १० जना मन्त्री बनेका छन् भने एक जना उपसभामुख बनेका छन् ।