देशका लागि अझै केही गर्ने हुटहुटी छ, त्यसैले फेरि उम्मेदवार बन्न चाहेको छु : पाैडेल

 भदौ १३, २०७९ सोमबार १८:१२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनमा आफूले लेनदेनको राजनीति नगरेको बताउनुभएको छ ।   

सम्पादकहरूसँग काठमाण्डौमा आज सोमवार भएको छलफलमा वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘देशका लागि अझै केही गर्ने हुटहुटी र आकाङ्क्षा छ, त्यसैले फेरि आउँदो चुनावमा उम्मेदवार बन्न चाहेको छु ।’ देशको विकास गर्न नैतिक, स्वच्छ र चरित्रवान् छवि भएको व्यक्तित्व आवश्यक भएको पनि उहाँले बताउनुभयो । 

कार्यक्रममा बोल्दै नेता पौडेलले देशमा शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धन आवश्यक रहेको बताउनुभयो । ‘हामीले नगरे अर्कोले गर्छ, अहिलेको आवश्यकता र वास्तविकता यही हो, स्थिरताका लागि गठबन्धन आवश्यक छ ।’ 

उहाँले छिमेकी देश तथा शक्ति राष्ट्रसँगको सम्बन्धलाई सुदृढ गर्दै देशलाई उन्नति र प्रगतिको पथमा अघि लैजानु अहिलेको आवश्यकता हो भन्नुभयो । उहाँले नागरिकले चाहेको सुशासन र विकासमा राजनीतिक दल र नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

नयाँ र पुराना पुस्ता मिलेर देश बनाउनुपर्ने छ भन्दै वरिष्ठ नेता पौडेलले लोकप्रियताका लागि जे पनि भन्ने र बोल्ने प्रवृत्तिबाट नेताहरू मुक्त हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया